काठमाण्डु-भारत सरकारको सहयोगमा निर्मित स्याङ्जाको गल्याङ नगरपालिकास्थित गल्याङ नगर अस्पतालको अस्पताल भवन उद्घाटन गरिएको छ ।
नेपाल–भारत विकास सहकार्य अन्तर्गत ४ करोड १३ लाख रुपैयाँमा निर्मित भवन बनेको हो । भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटी र गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले भवनको संयुक्त उद्घाटन गरे ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । भाडाको सानो घरमा सन् २०१० मा गल्याङ सामुदायिक अस्पतालको स्थापना गरिएको थियो । अस्पतालले स्याङ्जा, पाल्पा, पर्वत र गुल्मी जिल्लाका बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।




प्रतिक्रिया