प्रधानमन्त्री ओलीद्वारा बहिनीहरूबाट टीका ग्रहण

प्रधानमन्त्री ओलीद्वारा बहिनीहरूबाट टीका ग्रहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरू विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन् ।

प्रधानमन्त्री ओलीले आइतवार बालुवाटारस्थित सरकारी निवासमा बहिनीहरूबाट भाइटीका लगाएका हुन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो ।