पूर्वमन्त्री अधिकारीलाई एमालेले गर्‍यो निलम्बन

पूर्वमन्त्री अधिकारीलाई एमालेले गर्‍यो निलम्बन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कोशीका निवर्तमान मन्त्री लीलावल्लभ अधिकारी एमालेको संगठित सदस्यबाट निलम्बन भएका छन् । मानव तस्करीको आरोप लागेका अधिकारीलाई शनिबार नेकपा एमाले कोशी प्रदेश कमिटीले निलम्बन गरेको हो ।

आज बसेको नेकपा एमाले कोशी प्रदेशको बैठकले अधिकारीलाई आरोपको अन्तिम निरूपण नभएसम्मको लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको हो ।

उनले केहि दिन अघी जापान भ्रमणका विषयमा विवाद भएपछि मन्त्रीबाट राजीनामा दिएका थिए ।

अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्रीको हैसियतमा केही दिन अगाडि वैदेशिक भ्रमणका लागि जापान गएका थिए ।