यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो : प्रचण्ड

यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू नयाँ सरकारका लागि पर्खिरहेको बताएका छन्।

शनिबार माओवादीको काभ्रे– काठमाडौं सम्पर्क समितिको भेलामा उनले आफूहरु प्रमुख विपक्षी दल रहेको र यो सरकार तलमाथि भएमा आफूहरुकै सरकार बन्ने दाबी गरेका हुन् ।

‘हामी ३२ भएको हुनाले विपक्षी दलको नेता छ, विपक्षी दल भनेको गभर्मेन्ट अफ वेइटिङ अर्थात् पर्खिरहेको सरकार हो। मेरो भनाइले उनीहरुले उद्धेलित र तरंगित भए होलान् । मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला’, प्रचण्डले भने, ‘अहिले पनि हाम्रो संख्या म्याजिक नै छ । यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो त्यसैले चिन्तित हुने कुरा छैन ।’

साथै, उनले अहिले बनिरहेको सरकार अप्राकृतिक ढंगबाट बनेको बताए। ‘बडो अप्राकृतिक हिसाबले उनीहरूले सरकार बनाएका छन्। उनीहरूको उद्देश्य भनेको भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने र विरोध गर्नेहरूलाई दमन गर्नेतिर केन्द्रीत छन् भन्ने देखिएको छ,’ प्रचण्डले भने।

आफूहरू अहिले पनि चुनौती र अवसरको दोसाँधमा रहेको जिकिर गरे।