मन्त्रिपरिषद् बैठक स्थगित, बालुवाटारमा कांग्रेस–एमाले शीर्ष नेताकाे छलफल जारी

मन्त्रिपरिषद् बैठक स्थगित, बालुवाटारमा कांग्रेस–एमाले शीर्ष नेताकाे छलफल जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आजकालागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । आज (मंगलबार) साँझ ६ बजेका लागि बोलाइएको बैठक कारण नै नखुलाई स्थगित गरिएको हो ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा चलेको छलफलमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत छन्।

शीर्ष नेताहरुबीचको छलफल अबेर सुरु भएका कारण मन्त्रिपरिषद् बैठक स्थगित गरिएको हुनसक्ने बुझिएको छ। मन्त्रिपरिषद्का सदस्य हेरफेर, बीआरआई सम्झौता कार्यान्वयन लगायतका विषयमा छलफल गर्न सत्तारुढ दुई दल जुटेको बताइएको छ ।