स्थानीय तह उपनिर्वाचनको मतगणना विवरण वेबसाइटमा हेर्न सकिने

स्थानीय तह उपनिर्वाचनको मतगणना विवरण वेबसाइटमा हेर्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्थानीय तह उपनिर्वाचनको मतगणनाको अद्यावधिक परिणाम निर्वाचन आयोगको वेबसाइटमार्फत हेर्न सकिने भएको छ ।

मतगणनाको परिणाम समय–समयमा आयोगको वेबसाइट www.result.election.gov.np मा अद्यावधिक गरिने आयोगका प्रवक्ता सहसचिव नीता पोखरेल अर्यालले बताइन् ।

मतगणना परिणामबारे निर्वाचनका सबै सरोकारवालाहरूको सहज पहुँच तथा जानकारीका लागि आयोगको वेबसाइटबाट हेर्न सकिने गरी व्यवस्था मिलाइएको आयोगले जनाएको छ । उपनिर्वाचन अन्तर्गत आईतबार बिहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म मतदान अवधि तोकिएको छ ।