प्रधानमन्त्रीको चीन भ्रमण : ४० मिनेटपछि खुल्यो विमानस्थल

प्रधानमन्त्रीको चीन भ्रमण : ४० मिनेटपछि खुल्यो विमानस्थल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–प्रधानमन्त्री केपी शर्मा ओली ४ दिने चीन भ्रमणमा जाँदा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।

ओली ११ः०५ बजे हिमालय एयरको चार्टर विमानबाट चीन भ्रमणमा जाँदा बन्द गरिएको विमानस्थल झण्डै ४५ मिनेटपछि खुलेको हो।

१०ः३५ मा बन्द गरिएको विमानस्थल ११ः२० मा खुल्यो । उक्त समयमा श्री एयरलाइन्सको नेपालगन्जबाट आएको जहाज आकाशमा करिब ४० मिनेटसम्म होल्ड भयो भने नेपालगञ्जबाटै आएको बुद्ध एयरको जहाज, छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको विमान र क्वालालम्पुरबाट आएको मलेसिया एयरलाइन्सको विमान लामो समय होल्ड भएका थिए ।