जनकपुरधाम – बाराको महागढीमाई नगरपालिकामा लाग्ने पञ्चवार्षिक गढीमाई मेलाको अवसरमा मधेश प्रदेश सरकारले मंसिर २३ गते आईतबार सार्वजनिक बिदा दिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने दिन मंसिर २३ गते सार्वजनिक तथा सरकारी निकायका लागि बिदा घोषणा गरेको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहले लाखौंको संख्यामा श्रद्धालु भक्तजनहरूको गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासलाई थप बलियो बनाउने गरी बिदा घोषणा गरिएको जानकारी दिए ।




प्रतिक्रिया