जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया – जिल्लाको बाँसगढी नगरपालिका–४ मगरपुरबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।

स्थानीय कृष्ण अधिकारीको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा कृष्ण समेत ६ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४४ हजार २९० रूपैयाँ, ११० पत्ती तास, ३ बुक नखोलेको तास, मोबाइल ६ थान र १ थान मोटरसाइकलसहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।