काठमाण्डु-इङ्लिस प्रिमियर लिगमा भएको रोमाञ्चक खेलमा न्यु क्याशल युनाइटेडले शीर्ष स्थानको लिभरपुलाई ३–३ गोलको बराबरीमा रोकेको छ ।
न्युक्याशलको घरेलु मैदानमा भएको खेलमा फाबियन सारले लिभरपुलको विरुद्धमा अन्तिम समयमा बराबरी गोल गरेका हुन् ।
दुई पटक पछि परेको लिभरपुल मोहम्मद सलाहको गोलमा ३–२ ले अग्रता लिन सफल भएपछि जित हात पार्ने सम्भावना समेत देखिएको थियो । अलेक्जेन्डर इसाकले ३७ औँ मिनेटमा लामो दुरीबाट सानदार गोल गर्दै न्यु क्याशललाई पहिलो अग्रता दिलाएका थिए ।
दोस्रो हाफको सुरुवातमै कर्टिन्स जोन्सले लिभरपुलका लागि गोल गरेका थिए । ६२ औँ मिनेटमा एन्थोनी गोर्डनले न्यु क्याशललाई दोस्रो पटक अग्रता दिलाएका थिए । त्यसको ६ मिनेट पछि बराबरी गोल गरेका सलाहले नै ८३ औँ मिनेटमा अर्को गोल गर्दै अग्रता दिलाएका थिए । ९० औँ मिनेटमा सारको गोलसँगै खेलको रोमाञ्चक अन्त्य भएको हो ।
जित पछि लिभरपुलले दोस्रो स्थानमा रहेको चेल्सीलाई ७ अकले पछि छाडेको छ । लिभरपुलको ३५ तथा आर्सनल र चेल्सीको २८ अङ्क छ ।




प्रतिक्रिया