एनपीएल : आज कर्णाली र चितवन तथा लुम्बिनी र पोखराबीच खेल हुँदै

एनपीएल : आज कर्णाली र चितवन तथा लुम्बिनी र पोखराबीच खेल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुईवटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे कर्णाली याक्सले चितवन राइनोजसँग खेल्दैछ । यसअघि कर्णालीले खेलेका दुवै खेल हारेको छ भने चितवनले दुवै खेल जितेको छ ।

आजै दोस्रो खेलमा दिउँसो १ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स खेल्दै छन् । यसअघि एक खेल खेलेको लुम्बिनि पनि पराजित टोली हो । पोखराले पनि अहिलेसम्म खेलेका दुवै खेल हारेको छ ।