वडाध्यक्ष गिरीको ३५ वर्षको उमेरमा निधन

वडाध्यक्ष गिरीको ३५ वर्षको उमेरमा निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – जिल्लाको मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष नन्दाराम गिरीको ३५ वर्षको उमेरमा निधन भएको छ ।

विगत २ वर्षदेखि मुखको क्यान्सर रोगबाट ग्रसित वडाध्यक्ष गिरीको उपचारका क्रममा शुक्रबार दिउँसो दोदोधरा अस्पताल बौनियामा निधन भएको छ ।

उनी वडा नम्बर ३ को अध्यक्षमा विक्रम संवत् २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनका श्रीमतीसहित २ छोरा र १ छोरी छन् ।