काठमाण्डु-काठमाण्डौ महानगरपालिकाले शारीरिक सुगठन च्याम्पियनशिपका रजत पदक विजेतालाई जनही एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ । महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले १५औं वर्ल्ड बडी बिल्डिङ एन्ड फिजिक च्याम्पियनशिप २०२४ का रजत पदक विजेता खेलाडीलाई सम्मान गरेका छन् ।
गएको कात्तिक २० देखि २५ गतेसम्म वर्ल्ड बडी बिल्डिङ एन्ड फिजिक स्पोर्ट्स फेडेरेशनले माल्दिभ्समा आयोजना गरेको खेलका पदक विजेतालाई महानगरको सामाजिक विकास विभागले आयोजना गरेको कार्यक्रममा नगदसहित सम्मान गरिएको हो ।
प्रतियोगितामा ६० किलो तौल समूहतर्फ रुजेश शाही, मास्टर्स ४० वर्ष उमेर समूहतर्फ प्रज्वलमान शाक्य, महिला ५५ किलो तौल समूहतर्फ रजनी श्रेष्ठ, पिस स्विमस्विट १६५ सेन्टिमिटर महिलातर्फ सनम मुलगुठीले रजत पदक प्राप्त गरेका थिए ।
महानगरपालिकाले खेल क्षेत्रको प्रवर्द्धन र खेलाडीको आत्मबल बढाउन राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताका विजेतालाई नगदसहित सम्मान गर्ने गरेको छ ।




प्रतिक्रिया