बीआरआई परियोजना कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

बीआरआई परियोजना कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले साझा समृद्धिका लागि बीआरआई परियोजना महत्वपूर्ण रहेको बताएका छन् । बीआरआई परियोजना नेपालमा कार्यान्वयन पनि हुने उनले स्पष्ट पारेका छन् ।

चाइना मिडिया ग्रुप (सीएमजी)लाई दिएको अन्तर्वार्तामा ओलीले बीआरआईको उद्देश्य साझा समृद्धिसहित अरू देशहरूको साझा विकास बढाउनु हो भन्दै यो नेपालका लागि पनि निकै महत्वपूर्ण रहेको बताएका हुन् ।

‘प्रधानमन्त्रीको हैसियतमा यो मेरो तेस्रो पटकको चीन भ्रमण हो । उच्च तहको भ्रमण नै उपलब्धि हो । डिसेम्बर ३ तारिख राष्ट्राध्यक्ष सी चिनफिङसँग वार्ता गरेर हामीले द्विपक्षीय सम्बन्धबारे वैचारिक आदानप्रदान गरेका थियौं । वार्ता रमाइलो र फलदायी थियो,’ओलीले भनेका छन् ।

‘चीनबाट प्रस्तुत बीआरआई प्रस्ताव निकै राम्रो, निकै महत्वपूर्ण छ । धेरै देशहरूले उक्त प्रस्तावको स्वागत गरेका छन् । नेपाल पनि बीआरआईको साझा निर्माणको पक्षधर हो,’ उनले भनेका छन् ।

चाइना मिडिया ग्रुपको नेपाली संस्करणमा शनिबार सार्वजनिक भिडियो अन्तर्वार्तामा ओलीले नेपाल र चीनले बीआरआईको साझा उद्देश्य हासिल गर्ने सहकार्य प्रारूपमा ९–१० वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको थियो । यो सम्झौता धेरै महत्वपूर्ण रहेको बताउँदै ओलीले भनेका छन्, ‘यो एक छाता जस्तै छ, त्यस अन्तर्गत अरु विभिन्न परियोजनाहरु छन्, ती कार्यान्वयनमा जानेछन् । यो छाता सम्झौताले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायत सबै क्षेत्र समेट्ने छ ।’

उनले प्रधानमन्त्रीको हैसियतमा आफूले तेस्रो पटक चीन भ्रमण गरेको यो भ्रमण निकै सफल र फलदायी भएको पनि बताएका छन् ।

बीआरआई प्रस्तावको उदेश्य साझा समृद्धि सहित अरू देशहरूको साझा विकास बढाउनु रहेको जनाउँदै प्रधानमन्त्री ओलीले चीनबाट प्रस्तुत यो प्रस्ताव निकै राम्रो र महत्वपूर्ण भएको बताएका छन् । ‘धेरै देशहरू उक्त प्रस्तावको स्वागत गरेका छन्। नेपाल पनि बीआरआईको साझा निर्माणको पक्षधर हो’, अन्तर्वार्तामा उनले भनेका छन् ।