पूर्वउपराष्ट्रपति पुनकी बुहारी सविना आलेविरुद्ध पक्राउ पूर्जी जारी

पूर्वउपराष्ट्रपति पुनकी बुहारी सविना आलेविरुद्ध पक्राउ पूर्जी जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-सहकारी ठगी प्रकरणमा माओवादी केन्द्रका नेता दीपेश पुनकी श्रीमती सविना आलेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उनी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनकी बुहारी हुन् ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा काठमाडौं जिल्ला अदलालतबाट सविनाविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । सविना कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा लेखा समिति सदस्यको रूपमा आबद्ध थिइन् ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएपछि नेकपा (माओवादी केन्द्र) का नेता दीपेश पुनकी श्रीमती सविना आले मगर विगत तीन महिनादेखि फरार छिन् ।

आले मगरविरुद्ध २ भदौमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरी परिसरले दोस्रो लटमा आलेमगरविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

स्वर्णलक्ष्मी सहकारीले १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप छ । स्वर्णलक्ष्मी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए ।

अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पुन यसअघि सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए । उनीविरुद्ध वुटवलको सुप्रिम सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएको थियो । त्यतिबेला उनी धरौटीमा रिहा भएका थिए ।