बयानका लागि रविलाई पर्सा लगिँदै

बयानका लागि रविलाई पर्सा लगिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-सहकारीको रकम ठगी गरेको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई बयानका लागि पोखराबाट पर्सा लगिएको छ ।

पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ पूर्जी जारी भएकाले उनीहरूलाई वीरगञ्ज लगिएको हो । आइतबार बेलुका पोखराबाट सडकमार्ग हुँदै दुवैजनालाई वीरगञ्ज पु र्‍याइएको प्रहरीले जनाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयमा जोशी र खनालसँग आज बयान लिइने छ । वीरगञ्जको वयान सकिएपछि उनीहरूलाई पुनः पोखरा फर्काइने छ । दुवै जनाको वयान सकिएलगत्तै रास्वपा सभापति रवि लामिछानेलाई पनि पोखराबाट पर्सा लैजाने प्रहरीको तयारी छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार रविलाई बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइने छ । त्यसपछि उनलार्य आजै सिमराको उडानबाट वीरगन्ज पठाइने छ ।

लामिछाने विरुद्ध पनि पर्सा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । पक्राउपूर्जी जारी भएका जिल्लाहरूमा उनीहरूलाई लगेर बयान लिने क्रम जारी छ । यसअघि रुपन्देही, काठमाडौं र चितवनमा उनीहरूको बयान लिइएको थियो ।