कांग्रेसले सुनिता थापालाई गण्डकी प्रदेशसभा सदस्यमा सिफारिस गर्ने

कांग्रेसले सुनिता थापालाई गण्डकी प्रदेशसभा सदस्यमा सिफारिस गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसले सुनिता थापालाई गण्डकी प्रदेशसभा सदस्य पदमा सिफारिस गर्ने निर्णय गरेको छ।

सोमबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले रिक्त स्थानमा पदपूपर्तिका लागि निर्वाचनमा आयोगमा भएको बन्दसूचीको क्रमसंख्याअनुसार उनको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

केही अघि गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि सो पद रिक्त थियो । यस्तै बैठकले उमेश श्रेष्ठलाई पार्टीको कोषाध्यक्ष बनाउने सभापति शेरबहादुर देउवाको प्रस्ताव अनुमोदन गरेको छ ।

पूर्वस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका श्रेष्ठलाई देउवाले यसअघि नै रिक्त कोषाध्यक्षमा मनोनीत गरेका थिए ।