काठमाडौं-सलोन सलिना फिल्मसको व्यानरमा फिल्म ‘पिआर’ निर्माण हुने भएको छ । आरएफएम फ्यासिलिटी मेनेजमेन्ट अस्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्नेछन् ।
फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल निर्माता र एप्लाई वर्ल्डका गणेश केसी कार्यकारी निर्माता छन् । निर्देशक शोभितको अनुसार फिल्मका लागि अस्ट्रेलियाका विभिन्न स्थानमा अडिसन हुँदै छ ।
एम्बिसन कलेज रकडेल, आरटुएम एकाउन्टिन रकडेल र विकास अधिकारी (प्रिज्मस् एजुकेसन एन भिजा सर्भिस) विशेष सहयोग रहने फिल्ममा राजजंग क्षेत्री प्रोडक्सन हेड छन् ।
फिल्ममा मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद छ । निर्देशक बस्नेतले फिल्मको सम्पूर्ण छायांकन अस्ट्रेलियाको विभिन्न शहरमा गरिने बताए । ‘सम्पूर्ण कलाकार र प्राविधिक अस्ट्रेलियाबाटै छानिने छन् । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर हामी सुटिङमा जानेछौं’, उनले भने ।
फिल्म निर्माण समूहले फिल्मको फस्टलुक पनि सार्वजनिक गरेको छ । फस्टलुकमा हातमा सुटकेस बोकेर अस्ट्रेलिया जान लागेका एक व्यक्तिलाई देखाइएको छ । जसको शरीरको आधा भाग महिलाको छ भने आधा पुरुषको । महिलाको भागमा नेपालको झण्डा देखाइएको छ भने पुरुषको भागमा हातमा सुटकेस बोकेर कोट लगाएको देखाइएको छ । पृष्ठभूमिमा अष्ट्रेलिया र नेपालको दृश्य राखिएको छ । त्यस्तै उडिरहेको हवाईजहाज पनि देखाइएको छ ।




प्रतिक्रिया