रवि लामिछानेलाई काठमाडौँ ल्याइयो, आजै सिमरा लगिने

रवि लामिछानेलाई काठमाडौँ ल्याइयो, आजै सिमरा लगिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइएको छ । बयानकालागि पर्सा पठाउन पोखराबाट काठमाडौँ विमानस्थलमा ल्याइएको हो ।

काठमाडौँ विमानस्थलबाट उनलाई आजै सिमरा एयरपोर्टमार्फत पर्सा पठाउन लागिएको बताइएको छ । उनलाई साढे २ बजेको उडानमार्फत सिमरा पठाइने छ ।

गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई बयानका लागि पोखराबाट पर्सा लगिसकिएको छ ।

लामिछाने विरुद्ध पनि पर्सा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । पक्राउपूर्जी जारी भएका जिल्लाहरूमा उनीहरूलाई लगेर बयान लिने क्रम जारी छ । यसअघि रुपन्देही, काठमाडौं र चितवनमा उनीहरूको बयान लिइएको थियो ।