गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्राम सुनसहित ३ जना पक्राउ परेका छन् ।

फ्लाई दुबईको उडानमार्फत दुबईबाट आएका लुम्बिनी सांस्कृतिक नगरपालिका–६ बस्ने ३६ वर्षीय जनार्दन गुप्तालाई विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट १ सय ५० ग्रामको सुनको सिक्री बरामद गरिएको छ । सोहि कार्यमा संलग्न रहेको आरोपमा २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।