काठमाण्डु–बीमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवालविरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध झुट्टा बिबरण पेस गरि जागीर खाएको आरोपमा आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको हो ।
आयोगले नागरिकतामा पटक– पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरी भ्रष्टाचार गरेको उल्लेख गरेको छ ।
उनले नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा २०८० साल साउन १६ गतेवाट ६६ औं वर्षमा प्रवेश गर्दासमेत पदमा वहाल नै रही पछिल्लो ९ महिना देखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरेको अख्तियारको आरोप छ ।
उनीमाथि आफ्नो वास्तविक जन्ममिति भन्दा ३ वर्ष उमेर घटाएर उक्त राष्ट्रसेवकको हैसियतले प्राप्त हुने कुटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गर्न झुट्टा विवरण पेश गरी, प्राप्त गरी गराई राष्ट्रसेवकको रुपमा उक्त राहदानीहरु प्रयोग प्रचलनमा ल्याई लाभ, सुविधा प्राप्त गरेको आरोप छ ।
उनिमाथी २०८०।०४।१५ गते देखि हाल सम्म लिएको लाभ सुविधा रकम ३६ लाख ६२ हजार १५४ रुपैयाँ १६ पैसा र कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) मागदावी लिई विशेष अदालमा आरोप– पत्र दायर गरिएको हाे ।




प्रतिक्रिया