नेपाली शान्ति सैनिक तैनाथ सुरक्षा पोस्टमा हतियारधारी समूह प्रवेश, अवस्था कस्तो छ ?

नेपाली शान्ति सैनिक तैनाथ सुरक्षा पोस्टमा हतियारधारी समूह प्रवेश, अवस्था कस्तो छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्व शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत नेपाली शान्ति सैनिक विश्वका विभिन्न मुलुकहरूमा खटिने क्रममा सिरियास्थित संयुक्त राष्ट्र संघीय यूएनडीओएफ मिसनमा नेपाली शान्ति सैनिक तैनाथ रहेको सुरक्षा पोस्टमा हतियारधारी समूह प्रवेश गरेको छ ।

विगत केही दिनदेखि विकसित घटनाक्रम अन्तर्गत शनिबार संयुक्त राष्ट्रसंघको यूएनडीओएफ मिसनमा तैनाथ नेपाली शान्ति सैनिक रहेको हदारस्थित १०–ए सुरक्षा पोष्टमा हतियारधारी समूह शान्ति सैनिकको चेतावनीका बाबजुद जबरजस्ती प्रवेश गरेको हो ।

नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार सुरक्षा पोस्ट लगायत सिरियामा तैनाथ संयुक्त राष्ट्रसंघीय मिसन अन्तर्गत विभिन्न स्थानमा रहेका नेपाली शान्ति सैनिकहरूको अवस्था सामान्य रहेको छ ।