काठमाण्डु – अनलाइन ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई आईतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा झापाको बिर्तामोड नगरपालिका–३ घर भई काठमाण्डु महानगरपालिका–४ महाराजगञ्ज चप्पलकारखाना बस्ने २१ वर्षीय अजित भण्डारी, गोरखा सिरानचोक गाउँपालिका–५ घर भई काठमाण्डु महानगरपालिका–२६ सामाखुसी बस्ने १९ वर्षीय विपिन मक्राती र नुवाकोट म्यागङ गाउँपालिका–२ घर भई काठमाण्डु महानगरपालिका–१६ माछापोखरी बस्ने २१ वर्षीया मधु तामाङ रहेका छन् ।
सामाजिक सञ्जाल फेसबूकमा विभिन्न पेजहरू खोली आइफोन सस्तो मूल्यमा बिक्रीमा रहेको भन्ने झूटा विज्ञापन पोष्ट गरी निवेदकहरूलाई एडभान्स बापतको रकम समेत पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डु भद्रकाली पठाइएको छ ।




प्रतिक्रिया