कर्णालीसँग ७ विकेटले हार्‍यो पोखरा

कर्णालीसँग ७ विकेटले हार्‍यो पोखरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को १७औं खेलमा कर्णाली याक्सले जित निकालेको छ । टीयु क्रिकेट मैदानमा पोखराले दिएको १०४ रनको लक्ष्य पछ्याएको कर्णालीले ३० बल रहदै ३ विकेट गुमाएर १०६ रन बनायो ।

कर्णालीका लागि सर्वाधिक चाडविक वाल्टनले ३४ वलमा ४२ रन जोडे । यस्तै गुलसन झा ले अभिजित ४९ रन हाने । पोखराका विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलले १-१ विकेट लिए ।

यस अघि पोखराका लागि दिनेश खरेलले सर्वाधिक १९ वलमा २६ रन जोड्दा एन्ड्रीज गौसले १२ बलमा २५, रेमन रिफरले २६ बलमा २०, विपिन खत्री र कुशल मल्लले ११ बलमा १० रन बाहेक अरु ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।

कर्णालीका लागि बसिस्टोले सर्वाधिक ६ विकेट लिए ।

५ खेलमा ३ खेल जितेको कर्णाली ६ अंक जोडेर चौथो स्थानमै छ । पोखराको भने चार खेलमा यो तेस्रो हार हो । चार खेलबाट पोखराको खातामा २ अंक मात्र छ ।