अध्यक्ष प्रचण्डबाट खेलाडी तथा निर्णायक सम्मानित

अध्यक्ष प्रचण्डबाट खेलाडी तथा निर्णायक सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं –नेपाल मार्शल आर्ट्स हाप्किडो संघको आयोजनामा  एक कार्यक्रमबीच खेलाडी, प्रशिक्षक, निर्णायक तथा खेलकर्मीहरुलाई सम्मान गरेकाे छ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमंत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा अध्यक्ष निवास खुमलटारमा सम्पन्न उक्त कार्यक्रममा सम्मानित हुनेहरुमा २०१८ अक्टूबर १२ र १३ मा सम्पन्न भएको युरोपियन हाप्किदो च्याम्पियनसिप मा कांस्य पदक बिजेता प्रदीप थापा, २०१८ नोभेम्वर २१ देखि २५ सम्म सन्चालन भएको १५ औं एशिया प्यासिफिक सितोरियो कराते महासंघको रेफ्री सेमिनारमा सहभागी भई अन्तराष्ट्रीय निर्णायक हुन सफल गजेन्द्र बहादुर खपॉगी , बिगतमा राष्ट्रिय खेलकूद परिषदमा सदस्य नियुक्त भई सफल कार्यकाल सम्पन्न गरी खेलकुद क्षेत्रलाई बिशेष योगदान पुर्याए बापत नारायण प्रसाद पौडेल र हाप्किदोका प्रमुख प्रशिक्षक लानम लामा र टिम म्यानेजरमा दीपेन्द्र तामाङ रहेका छन्।

प्रचण्डले खेलाडीहरु राष्ट्रलार्इ संसारमा चिनाउने अाधार भएकाले उहाँहरूकाे उचित सम्मान र मूल्यांकन हुनु जरूरी भएकाे बताए। उनले यसकाे लागि अाफूले सक्दाे काेशिस गर्ने पनि बताए।