काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सदस्यहरूको कार्यविभाजन आज टुङ्गो लगाउँदै छ ।
शुक्रबारदेखि जारी स्थायी कमिटि बैठकमा आगामी कार्ययोजनाको सन्दर्भमा सदस्यहरूले बोल्ने क्रम आज सकिँदै छ । सदस्यहरूको बोल्ने क्रम सकिएपछि बैठकले नेताहरूको कार्यविभाजन गर्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा पार्टीको सङ्गठन सुदृढीकरण, चुनौतीहरूको सामना र राष्ट्रको हितमा पार्टीलाई सशक्त बनाउने विषयमा छलफल भइरहेको छ । ‘छलफल सकिएपछि कार्यविभाजन र कार्ययोजनाको काम टुङ्गो लाग्ने छ’, उनले बताए ।
शनिबारको बैठकमा आगामी कार्ययोजना र कार्यविभाजनबारे छलफल भएको थियो ।
नयाँ कार्ययोजना र कार्यविभाजन टुंगो लगाएर बैठक आजसम्पन्न गर्ने तयारी छ ।




प्रतिक्रिया