सिस्नेरी-दक्षिणकाली सडक पुस ११ गतेसम्म बन्द

सिस्नेरी-दक्षिणकाली सडक पुस ११ गतेसम्म बन्द


काठमाण्डु- हेटौँडा–काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडक आजदेखि बन्द भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सिस्नेरी–दक्षिणकालीमा सडक आजदेखि पुस ११ गतेसम्म गाडी चल्न रोक लगाइएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएकाले सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिए ।

सडक स्तरोन्नतिका लागि कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ ।

उक्त सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग हेटौँडाबाट काठमाडौं जोड्ने कान्ति लोकपथ, त्रिभुवन राजपथ, नारायणगढ–मुग्लिन सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।