काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासत कक्षमा सुतिरहेको फोटो सामाजिक सन्जालमा भाइरल भएको छ ।
फोटो भाइरल भएपछि तस्बिरको वास्तविकताबारे प्रहरीले छानबिन थालेको छ भने फोटो सार्वजनिक गर्ने व्यक्तिको समेत खोजी थालेको प्रहरीले जनाएको छ ।
यस्तैमा रवि समर्थक डा. निकोलस भुसालले उक्त फोटोको जिम्मा आफूले लिएका छन् । उनले एक भिडियो मार्फत उक्त फोटो आफूले खिचेको बताएका छन् ।
प्रहरीले हिरासतभित्रको फोटो सार्वजनिक गर्यो भनेर चौथर्फी आलोचना भएपछि डा. भुसालले उक्त फोटो प्रहरीले नभइ आफूले खिचेर सार्वजनिक गरेको बताएका छन् । उनले भनेका छन् यो पुलिसले ल्याएको होइन, म दोषी छु यसमा । मैले यो फोटो बाहिर ल्याएको हुँ,’ भुसालले एक भिडियोमा भनेका छन्, ‘यसवापत नेपाल प्रहरी र नेपाल सरकारसँग माफी माग्न चाहन्छु ।’ म रविदाईको स्वास्थ्य जाँचका लागि हिरासतमा गएको र त्यही बेला प्रहरीकै सामुन्ने फोटो खिचेको हुँ । रवि दाईको स्वास्थ्य ठिक छ भन्ने देखाउनका लागि पनि फोटो खिचेको हुँ। कुनै खराब नियतले भाइरल गराउँछु भन्ने सोचेर खिचेको होइन । उनले गल्ती महसुस गर्दै माफी समेत मागेका छन् ।
डा. भुसालले दुई दिन अघि नै यो फोटो फेसबुकमा राखेर पछि डिलिट गरेका थिए । बुधबार रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले त्यो फोटो फेसबुकमा राखेपछि अहिले भाइरल भइरहेको छ ।




प्रतिक्रिया