प्रहरीले प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो

प्रहरीले प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीले मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई सर्वोच्च अदालत उपस्थित गराएको छ।

दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने सर्वोच्च अदालतको आदेश बमोजिम प्रहरीले उनलाई सर्वोच्चमा हाजिर गराएको हो ।

प्रसाईंले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुःख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उनले यस्तो रिट दायर गरेको दोस्रो पटक हो ।

सर्वोच्चले शुक्रबार प्रसाईंलाई थुनामा राखेर भइरहेको अनुसन्धान कानुनसम्मत देखेमा रिट खारेज गर्नेछ । गैरकानुनी देखेमा साधारण तारेख वा धरौटीमा रिहा गर्ने आदेश गर्नेछ।

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भ्रम फैलाएको बताउँदै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो । प्रहरीले यो अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ भने उनीमाथि सार्वजनिक अपराध र किर्तेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।