लोडसेडिङ भएको होइन, प्राविधिक समस्याले उद्योगमा विद्युत कटौती भएको हो : कुलमान

लोडसेडिङ भएको होइन, प्राविधिक समस्याले उद्योगमा विद्युत कटौती भएको हो : कुलमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक समस्याका कारण उद्योगहरूमा विद्युत कटौती भएको बताएका छन् ।

बिहीबार आयोजित एक कार्यक्रममा घिसिङले केही प्रसारण लाइनहरू मर्मत गर्नुपर्ने भएका कारण उद्योगहरूमा विद्युत आपूर्ति बन्द गर्नुपरेको स्पष्ट पारेका हुन् ।

‘उत्पादनभन्दा माग बढी भएका कारण उद्योगहरूमा विद्युत कटौती गर्नुपर्ने बाध्य आएको छ’, उनले भने । प्राधिकरणले उद्योगहरूमा अहिले बिहान र बेलुकाको (पिक डिमाण्ड) को समयमा बिजुली कटौती गरिरहेको छ ।

नेपालमा लोडसेडिङ नभएको र नहुने पनि उनले बताए । ‘नेपालमा लोडसेडिङ हुँदैन, भएको छैन । अहिलेको केही समयको प्राविधिक समस्या हो,’ घिसिङले भने ।

अप्पर तामाकोशीमा गत असोजमा आएको बाढीले क्षति पु¥याउँदा र कालीगण्डकी प्रोजेक्टको एउटा युनिट बन्द हुँदा विद्युत आपूर्तिमा समस्या आएको उल्लेख गरे । ‘अप्पर तामाकोशी र कालीगण्डकीबाट पूर्ण क्षमतामा विद्युत प्रवाह भएपछि लोडसेडिङको समस्या समाधान हुन्छ’, उनले भने ।

घिसिङले लोडसेडिङ हुँदा रमाउने जमात पनि रहेको टिप्प्णी गररे । लोडसेडिङ हुँदा खुसी हुनेहरूले नै लोडसेडिङको हल्ला फैलाएको भन्दै उनले आपत्ति जनाए ।

प्राधिकरण घाटामा जाँदा खुसी हुने जमात रहेको पुष्टि भएको उनले बताए ।

‘नेपालमा लोडसेडिङ हुँदा खुसी मनाउने एउटा जमात रहेछ भन्ने उदाहरण केही दिनबाट मैले हेरिरहेको छु । विद्युत प्राधिकरण नाफामा गयो भन्नासाथ खुसी नहुने, घाटा भयो भन्नासाथ एकदमै खुसी हुने जमात पनि छ,’ उनले भने ।