काठमाण्डु – नेपाल प्रहरीका डीआईजीद्वय दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा भएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीद्वयलाई एआईजीमा बढुवा गरेको छ ।
यसअघि गत मंसिर २८ गते गृह मन्त्रालयले रिक्त २ एआईजी पदमा सिंह र बोहोरालाई बढुवा गर्न सिफारिस गरेको थियो ।
हाल सिंह प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्साल र बोहोरा प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्यनिर्देशनालय नक्सालमा कार्यरत छन् ।




प्रतिक्रिया