काठमाण्डु – सरकारले नयाँ स्टक एक्सचेञ्जको अनुमतिपत्र दिने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्टकको लाइसेन्सको प्रक्रिया खुला गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य चिन्तामणि शिवाकोटी नेतृत्वको समितिले दिएको प्रतिवेदनअनुसार नयाँ स्टक एक्सचेञ्जको अनुमति प्रक्रिया अघि बढाउने निर्णय भएको मन्त्रिपरिषद् स्रोतले जनायो ।
अघिल्लो सरकारले २०८० माघ ९ गते सिवाकोटीको नेतृत्वमा नयाँ स्टक एक्सचेञ्ज आवश्यक रहे/नरहेको अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको थियो । समितिले हालको नेपाल स्टक एक्सचेन्जलाई पुनः संरचना गरी सञ्चालन गर्ने तथा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने दुवै विकल्प खुला राखेर प्रतिवेदन दिएको थियो ।




प्रतिक्रिया