रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित

रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित

फाइल तस्बिर

काठमाण्डु– प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका रास्वपा सभापति रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित भएका छन् ।

सहकारी बचत अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा अदालतमा दर्ता भएपछि समितिबाट पनि निलम्बित भएका हुन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबराको बैठकमा सभापति रामहरि खतिवडाले लामिछाने समितिको सदस्यबाट निलम्बित भएको पत्र पढेर सुनाए ।