ट्याक्टर पल्टिँदा १ जनाको मृत्यु

ट्याक्टर पल्टिँदा १ जनाको मृत्यु

File Photo

काठमाण्डु- स्याङ्जामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा बाराको गढीमाई नगरपालिका–११ घर भएका अन्दाजी २२ वर्षीय सब्दुल अन्सारीको घटनास्थलमै मृत्यु भएको छ ।

कालीगण्डकी गाउँपालिका–३ मा लु ४ त ७८३१ नम्बरको ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । ट्याक्टर अनियन्त्रित भएर भिरबाट झण्डै ४० मिटर खसेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा बाराको कलैया उपमहानगरपालिका–१० का २४ वर्षीय अर्जुन शाह, कलैया–११ का २६ वर्षीय सलाम मुदिन मन्सुरी र गढिमाई ११ का १४ वर्षीय सिकिन्दर यादव घाइते भएका छन् ।