एनसेलको सेयर बिक्री रोक्न माग गरेको रिट सर्वोच्चले गर्‍याे खारेज

एनसेलको सेयर बिक्री रोक्न माग गरेको रिट सर्वोच्चले गर्‍याे खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एनसेलको सेयर बिक्री रोक्न माग गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

बिहीबार न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले सेयर बिक्री रोक्न माग गरिएको रिट खारेज गरेको हो ।

प्रतिनिधि सभामा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले २०८० मंसिर २२ गते एनसेलको सेयर खरिद बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रिट खारेज गर्ने आदेशसँगै इजलासले निर्देशनात्मक आदेश समेत जारी गरेको छ।

यसअघि मल्ल र ढुंगानाको इजलासले पुस १ गते इजलासले हेर्दाहेर्दैमा राखेर सुनुवाइ गर्ने निर्णय गरेको थियो। पुस ९ गतेको इजलासले निर्णय सुनाउनका लागि बिहीबारको इजलास तोकेको हो।