काठमाण्डु– नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने हो भने काेहि पनि बाँकी नरहने बताएका छन्।
शुक्रबार भण्डारीले सामाजिक सञ्जालमा लेख्दै जिल्ला जिल्लाबाट सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने हो भने कुनै नेता पनि बाँकी नरहने बताएका हुन् ।
उनले लेखेका छन् ‘सम्पत्ति शुद्धीकरणको मुद्दा जिल्ला जिल्लाबाट जसको जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को ? बुझ्ने कोसिस गर’,‘प्रतिक्रियामा रमाउने साथीहरूले हतार नगरौँ कि ! सत्यलाई सत्य थाहा हुन्छ।’




प्रतिक्रिया