आज दिनभरकाे माैसम कहाँ कस्ताे रहला ?

आज दिनभरकाे माैसम कहाँ कस्ताे रहला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पुर्वानुमान गरेकाे छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले नेपालको तराईका धेरै स्थानहरूमा हुस्सु,कुहिरो लागेको छ र बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ।

दिउँसो कोशी प्रदेशका एक दुई स्थानमा बदलीको सम्भावना छ। बाँकी स्थानमा मौसम सफा रहेको महाशाखाले जानकारी दिएको छ।

आगामी २४ घन्टामा बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरो सम्भावना रहेको महाशाखाले जनाएकाे छ। हुस्सु/कुहिरोले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ।