सेवानिवृत्त वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ

सेवानिवृत्त वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्रहरी सेवाबाट सेवानिवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ गरेका छन् ।

मंगलबार प्रहरी अतिरिक्त महानिरीक्षकहरू किरण बज्राचार्य, भीम प्रसाद ढकाल, केदार ढकाल र भरतबहादुर बोहरा तथा प्रहरी नायव महानिरीक्षकहरू विकास राज खनाल र डा. देउती गुरूङलाई नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरे ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै आईजीपी कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतहरूको व्यावसायिकता, संगठनप्रतिको निष्ठा, बहुआयामिक प्रतिभा, लगनशीलता, नैतिकता र इमान्दारिताको उच्च प्रशंसा गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सेवानिवृत्त भएका प्रहरी प्रहरी अतिरिक्त महानिरीक्षकहरू किरण बज्राचार्य, भीम प्रसाद ढकाल, केदार ढकाल र भरत बहादुर बोहरा तथा प्रहरी नायब महानिरीक्षकहरू विकास राज खनाल र डा. देउती गुरूङलाई मायाको चिनो प्रदान गरे ।

कार्यक्रममा सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरू किरण बज्राचार्य, भीम प्रसाद ढकाल, केदार ढकाल र भरत बहादुर बोहरा तथा प्रहरी नायब महानिरीक्षकहरू विकास राज खनाल र डा.देउती गुरूङले आ–आफ्नो सेवा अवधिमा गरेका विभिन्न कार्यहरू स्मरण गर्दै अनुभव सहितको आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रित भई काम गरेको उल्लेख गर्दै आगामी दिनमा समेत संगठनलाई रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको बताए ।

विक्रम संवत् २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य पुस १६ गते, विक्रम संवत् २०५२ भदौ १९ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका प्रहरी अतिरिक्त महानिरीक्षक भीम प्रसाद ढकाल मंसिर २८ गते, विक्रम संवत् २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका प्रहरी अतिरिक्त महानिरीक्षक केदार ढकाल मंसिर २२ गते र प्रहरी अतिरिक्त महानिरीक्षक भरत बहादुर बोहरा पुस १४ गते सेवानिवृत्त भएका थिए ।

विक्रम संवत् २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका प्रहरी नायव महानिरीक्षक विकास राज खनाल वैशाख ७ गते र विक्रम संवत् २०५१ पुस १५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका प्रहरी नायव महानिरीक्षक डा. देउती गुरूङ पुस १५ गते सेवानिवृत्त भएका छन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।