बार एसोसिएसनका अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन सर्वोच्चको आदेश

बार एसोसिएसनका अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको विवादित वक्तव्यको श्रव्यदृश्य सामग्री झिकाउन आदेश दिएको छ ।

मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र अव्दुल अजिज मुसलमानको इजलासले घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा उनको विवादित वक्तव्यको श्रव्यदृश्य सामग्री झिकाउने आदेश दिएको हो ।

न्याय परिषद्ले गत असोज ११ गते सर्वोच्च अदालतमा दुई जना न्यायाधीश सिफारिस गरेपछि अध्यक्ष घिमिरले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध चर्को अभिव्यक्ति दिएका थिए।

न्याय परिषद नियावली संशोधनका विषयमा उठेको विवाद निरुपण नगरी परिषदले एकलौटी रुपमा न्यायाधीश सिफारिस गर्नु आपत्ति जनक भएको र त्यसमा परिषद अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश श्रेष्ठको अनुचित स्वार्थ रहेको आरोप घिमिरेले लगाएका थिए।

अध्यक्ष घिमिरेले आफू नेतृत्वमा रहेसम्म नेपाल बारले गैरसंवैधानिक र गैरन्यायायिक कुनै पनि कदमप्रति सम्झौता नगर्ने उनको भनाइ थियो। उनले आफूलाई थुनेर देखाउन चेतावनी दिँदै प्रधानन्यायाधीशले लेनदेन गरेर दुई जना न्यायाधीश नियुक्त गरेको दाबी गरेका थिए।

गोविन्दप्रसादले उठाएको प्रतिवेदनका आधारमा बार अध्यक्ष घिमिरेविरुद्ध असोज १४ गते अदालतको अवहेलना मुद्दामा कारबाही अघि बढाएको थियो।

घिमिरेसँग सर्वोच्चले गत कार्तिकमा ७ दिनको समय दिएर लिखित जवाफ समेत मागेको थियो ।