नेपाल बिमा प्राधिकरणले माग्यो अध्यक्ष, यसरी दिन सकिन्छ आवेदन

नेपाल बिमा प्राधिकरणले माग्यो अध्यक्ष, यसरी दिन सकिन्छ आवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल बिमा प्राधिकरणले अध्यक्ष पदका लागि आवेदन खुला गरेको छ । अर्थ मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै अध्यक्षको लागि आवेदन आह्वान गरेको हो।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवप्रसाद अधिकारीको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समितिले प्राधिकरण अध्यक्षका लागि शुक्रबार आवेदन आह्वान गरेको हो ।

खुला प्रतिस्पर्धाबाट अध्यक्षको पदपूर्ति गरिने मन्त्रालयले जनाएको छ। आवेदन दिन १५ दिनको समय निर्धारण गरिएको छ।

व्यवस्थापन संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी सहितको आवेदन दिन पर्नेछ।

आवेदन दिनका लागि उम्मेदवारको योग्यता भने बीमा ऐन २०७९ को दफा ८ को उपदफा (१) बमोजिम बीमा, मौद्रिक, बैंकिङ्ग, वाणिज्य शास्त्र, व्यवस्थाप, जनप्रशासन, तथ्यांक शास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधी हाँसिल गरि सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हाँसिल गरेको हुनुपर्नेछ।

यस्तै उम्मेदवारको उमेर ३० वर्ष पूरा भइ ६५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।