काठमाण्डु– नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले माघ ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
त्यसमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो।
बाँकी रहेको १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन पाइने छ । माघ २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आइपिओमा आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया