राष्ट्रपति पौडेलद्वारा ४ अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा ४ अध्यादेश जारी


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार ४ वटा अध्यादेश जारी गरेका छन् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेका छन् ।

उनले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, नेपाल कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश २०८१, निजीकरण पहिलो संशोधन अध्यादेश–२०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलेजा रेग्मी भट्टराईले जानकारी दिइन् ।