काठमाण्डु– माघी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शुभकामना आदान प्रदान कार्यक्रम राखेका छन् ।
मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख तथा मन्त्रीहरू लगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको छ ।
शीतल निवासमा आज माघे सङ्क्रान्तिको अवसरमा खाइने घ्यु,चाकु, तरुलको भोजको समेत आयोजना गरिएको छ ।






प्रतिक्रिया