काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा स्वास्थ्योपचारका शनिबार थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् ।
मन्त्री डा. राना थाइ एअरवेजको उडान नम्बर टिजी ३२० बाट दिउँसो साढे १ बजे बैंकक प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
परराष्ट्रमन्त्री राणाको सचिवालयले बैंककको अस्पतालमा उपचारका लागि उनी त्यसतर्फ प्रस्थान गरेकी बतायो । उनी कहिले फर्कने भन्नेबारेमा सचिवालयले जानकारी दिएन ।
स्वास्थ्योपचारका लागि भनिए पनि त्यहाँ पुगेर उनले राजनीतिक भेटघाट पनि गर्ने बताइएको छ ।




प्रतिक्रिया