नेपाली सेनाको अधिकृत हुँ भन्दै ठगी गर्ने कार्की पक्राउ

नेपाली सेनाको अधिकृत हुँ भन्दै ठगी गर्ने कार्की पक्राउ


काठमाण्डु – नेपाली सेनाको अधिकृत हुँ भनी झुक्याई ठगी गरेको अभियोगमा रामेछाप मन्थली नगरपालिका ३ का ३० वर्षीय राजु कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्की अहिले भक्तपुर मध्यपुर थिमी नगरपालिका ४ मा बस्नदै आएका प्रहरी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

कार्कीले नेपाली सेनाको अधिकृत हुँ भन्दै पीडितसँग भएको सुनका गरगहना धितो राखेर रकम दिए आफूसँग भएको जग्गा जमिन पीडितको नाममा पास गरिदिने आश्वासन दिएर ३ लाख रूपैयाँ लिई फरार भएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेल पठाइएको प्रहरीले जनाएको छ ।