माघ तेस्रो साता संसद् अधिवेशन बोलाउने सरकारको तयारी

माघ तेस्रो साता संसद् अधिवेशन बोलाउने सरकारको तयारी


काठमाण्डु- विपक्षीहरूको दबाबबीच सरकारले माघको तेस्रो साता संसद् अधिवेशन बोलाउने तयारी गरेको छ ।

विपक्षी दलहरूले संसद्को विशेष अधिवेशन माग गर्ने बताइरहेका बेला सरकारले संसद अधिवेशन बोलाउने तयारी गरेको हो । एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार माघ १८ वा २० गतेका लागि संसद् अधिवेशन आह्वान गर्ने तयारी भइरहको छ । ‘संसद बैठक अब केही दिनमै बोलाइन्छ । माघ १८ वा २० गते बैठक बोलाउने तयारी भइरहेको छ ।’

यसअघि शुक्रबार प्रधानमन्त्री ओलीले अबको १५/२० दिनमा संसद् अधिवेशन बोलाउने बताएका थिए । ‘अब बस्ने मन्त्रिपरिषद बैठकले अधिवेशन आह्वानको निर्णय गरेर राष्ट्रपति समक्ष सिफारिस गर्न सक्छ’, उनले भने ।

संसद्को वर्षे अधिवेशन भदौ ३१ गते अन्त्य भएको थियो। सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्ने प्रचलन छ ।

संसद्को वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने कानुनी व्यवस्था छ । पाँच महिना पुग्न लाग्दासमेत सरकारले हिउँदे अधिवेशन नबोलाएको भन्दै विपक्षी दलहरूले सरकारलाई दबाब दिइरहेका छन् ।