काठमाण्डु –फिल्म ‘जनै हराएको बाहुन’ निर्माण हुने भएको छ । पेपरक्लिप प्रालिले फिल्म निर्माणको घोषणासँगै निर्देशक सार्वजनिक गरेको छ ।
यो फिल्ममा निर्देशकको जिम्मेवारी हिमाल न्यौपानेले सम्हाल्ने भएका छन् । यस फिल्मले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नु परेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई समेट्ने छ ।
निर्माण कम्पनीका विमल न्यौपानेका अनुसार यो चलचित्रले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ ।
निर्देशक न्यौपानेले यो चलचित्र आफ्नो लागि सपना पूरा गर्ने अवसर भएको बताए । ‘जनै हराएको बाहुन’ भने उनको पहिलो व्यावसायिक चलचित्र हो ।
चलचित्रका लागि कलाकार र अन्य प्राविधिक टोलीको बारेमा केही दिनभित्रै सार्वजनिक गरिने छ । यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको यो चलचित्र २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया