कानून व्यवसायीद्वारा आक्रमणको विरोधमा कालोपट्टी बाँधेर प्रदर्शन

कानून व्यवसायीद्वारा आक्रमणको विरोधमा कालोपट्टी बाँधेर प्रदर्शन


काठमाण्डु – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून व्यवसायीहरूले आईतबार हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालत बार एशोसिएशनको आह्वानमा कानून व्यवसायीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सहभागी हुँदै अधिवक्ता त्रिपाठीले सहकारी पीडितको पक्षबाट बहस गर्दा आक्रमण भएको बताए । उनले भने, ‘न्यायको प्रत्याभूति गर्न सक्नुपर्छ । आक्रमणकलाई गम्भीरतापूर्वक छानबिन गरिनुपर्छ । वकिलहरूको प्रतिनिधित्व विना न्याय प्रणाली कसरी फैसला गर्छ ? यो महत्त्वपूर्ण कुरा हो । मलाई व्यक्तिगत मामिलामा नभई पीडितको प्रतिनिधित्व गर्दा आक्रमण भएको छ । यसको सत्यतथ्य छानबिन गरिनुपर्छ । मलाई दुव्र्यवहार गरिएको छ ।’

प्रदर्शनमा त्रिपाठीमाथि भएको आक्रमणको विरोध र कानून व्यवसायीको सुरक्षाको सुनिश्चितता हुनुपर्ने माग गरिएको छ । प्रदर्शनमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, शम्भु थापा लगायत बारका पदाधिकारी र सदस्य सहभागी भएका थिए ।