काठमाण्डु – चितवनमा ‘पावर देखाएको’ भन्दै युवकलाई निर्घात कुटपिट गरेका नेपाल प्रहरीका असई बुद्धिबहादुर भुजेल निलम्बनमा परेका छन्।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले असई भुजेललाई अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी दिए ।
पुस १५ गते राति ११ बजे भरतपुर महानगरपालिका–११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा भएको कुटपिटको घटना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भिडियोमा अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरतअसई भुजेलले युवकलाई कुटेको देखिएकाले छानबिनका लागि निलम्बन गरिएको हो ।
चितवन प्रहरीले डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेर घटनाबारे छानबिन गरिरहेको छ। छानबिनका क्रममा संलग्नता देखिएकाले भुजेललाई निलम्बन गरिइएको हो ।
प्रहरीले युवकलाई पावर देखाएको भन्दै कुटपिट गरेको भिडिओमा देखिन्छ। भिडिओ सामाजिक सञ्जालमा आएपछि चितवन प्रहरीले घटनाबारे छानबिन सुरू गरेको छ। सामाजिक सञ्जालमा भाइरल बनेको भिडिओबारे सत्यतथ्य बुझ्न चितवन प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको थियो ।




प्रतिक्रिया