त्रिपाठीलाई अदालतमै कुटपिट गरेको आरोपमा पक्राउ पर्ने तीन जना पुगे

त्रिपाठीलाई अदालतमै कुटपिट गरेको आरोपमा पक्राउ पर्ने तीन जना पुगे


काठमाण्डु – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई काठमाण्र्डौँ जिल्ला अदालत परिसरमै कुटपिट गरेको आरोपमा पक्राउ पर्नेको संख्या ३ पुगेको छ ।

प्रहरीले सोमबार झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भई काठमाडौँको शान्तिनगर बस्ने ५५ वर्षकी शितल राई भन्ने सीतादेवी राईलाई पक्राउ गरेपछि पक्राउ पर्नेको संख्या ४ पुगेको हो ।

माघ २ गते अदालतमा स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा जाहेरवालाको तर्फबाट बहस गरेर निस्किएका त्रिपाठीमाथि अदालत परिसरमै कुटपिट भएको थियो।

आइतबार प्रहरीले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा हुम्लाको अदानचुली गाउँपालिका–४ घर भइ काठमाडौं सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महानन्द जैसी भनिने महेन्द्र पाण्डलाई पक्राउ गरेको थियो ।

यसअघि २ माघमा प्रहरीले सोही घटनामा संलग्न भएको आरोपमा ललित केसीलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार प्रहरीले फरार व्यक्तिहरूको खोजतलास गरिरहेको छ । पक्राउ परेकाहरूको सिंहदरबार वृत्तले अनुसन्धान गरिरहेको छ।

माघ २ गते त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौंको दक्षिण गेट बाहिर कुटपिट गरेको आरोपमा प्रहरीले यसअघि

पक्राउ परेकाहरुविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।